सुनको मूल्य घट्यो, कतिमा हुदैछ कारोबार ?



काठमाडौं। मंगलबार स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य ६ सय रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको ६ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ९३ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

अघिल्लो दिन सुनको मूल्य १ लाख ९३ हजार ६ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य ५ रुपैयाँले बढेर प्रतितोला २ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: १३ श्रावण २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्