आइतबार सुनको मूल्य ह्वात्तै बढ्यो, तोलाको कति ?
काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्यमा ठूलो वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य शुक्रबारको तुलनामा आज तोलामा ३४०० रुपैयाँले बढेको हो ।
महासंघले जनाएअनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ९६ हजार ५०० रुपैयाँ कायम भएको छ । शुक्रबार उक्त सुनको मूल्य १ लाख ९३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा २ हजार २३५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार १५ रुपैयाँले बढेर तोलामा २ हजार २५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रकाशित मिति: १८ श्रावण २०८२, आइतबार
















