सुन-चाँदीको मूल्य सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ।

आइतबार प्रतितोला तीन हजार चार सय रूपैयाँ बढेको सुनको मूल्य यसदिन प्रतितोला एक सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार छापावाल सुन प्रतितोला एक लाख ९६ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, सोमबार चाँदीको मूल्य पनि पाँच रूपैयाँ बढेको छ।

आइतबार प्रतितोला दुई हजार दुई सय ५० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला दुई हजार दुई सय ५५ रूपैयाँमा किनबेच भइरहेको छ।

प्रकाशित मिति: १९ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्