सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आज स्थानिय बजारमा सुनको मूल्य घटेको छ।

तोलामा ११ सय रुपैयाँ घटेर आज सुनको मूल्य १ लाख ९८ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

यस्तै चाँदीको मूल्य पनि घटेको छ।

आज चाँदी प्रतितोला १५ रुपैयाँ घटेर दुईहजार तीन सय १५ रुपैयाँमा कारोबार भइरहेक महासंघले जनाएको छ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्