स्यामसुङले सुरु गर्‍यो मनसुन क्याम्प




कठमाडौ २६ साउन । मनसुनको मौसमसँगै चिस्यान र पानीका कारण क्षति भई बिग्रिएका मोबाइललाई मर्मत गर्नका निम्ति स्यामसुङले मनसुन क्याम्प सुरु गरेको छ ।

यो ग्राहक सेवा अभियान २०२५ अगस्ट २४ सम्म सञ्चालन हुने स्यामसुङले जनाएको छ। क्याम्पमा प्रयोगकर्ताहरूले वारंटी भएरनभएको कुराले फरक नपारी, अधिकृत स्यामसुङ सेवा केन्द्रमा गएर विग्रिएको चार्जिङ पोर्ट निःशुल्क परिवर्तन गराउन सक्नेछन्।
यद्यपि, चार्जिङ पोर्टको प्रतिस्थापन निःशुल्क हुनेछ, श्रम शुल्क र थप पार्ट्सको लागत ग्राहकले आफैंले व्यहोर्नु पर्ने स्यामसुङले जनाएको छ ।

प्रकाशित मिति: २६ श्रावण २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्