नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा शोभा गुरुङ निर्वाचित



काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको अध्यक्षमा शोभा गुरुङ निर्वाचित भएकी छन्।

ललितपुरमा सम्पन्न महासङ्घको २६औँ राष्ट्रिय महाधिवेशनले गुरुङलाई अध्यक्षमा चयन गरेको हो। यसअघि उनी महासङ्घको उपाध्यक्ष तथा केन्द्रीय महिला उद्यमी समितिको अध्यक्षको जिम्मेवारी सम्हालिसकेकी छन्।

महाधिवेशनले वरिष्ठ उपाध्यक्षमा डम्बरप्रसाद रेग्मी तथा उपाध्यक्षमा पूर्णबहादुर भण्डारी, सत्यनारायण अग्रवाल, यादवकुमार अधिकारी, हरिहर थापा, जानकी प्रधान, मोहन कटुवाल, रामनाथ मैनाली, सत्यनारायण प्रजापति, चन्द्रबहादुर बुढा क्षेत्री र गुणराज ढकाललाई निर्वाचित गरेको छ।

यस्तै, महासचिवमा विनोददेव पन्त, कोषाध्यक्षमा वीरेन्द्र जती, सचिवमा प्रेमबहादुर डिसी र सहकोषाध्यक्षमा हेमविक्रम जिसी निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष गुरुङले महासङ्घको गरिमा अझ उँचो बनाउँदै लघु, घरेलु तथा साना उद्योगीहरूको हकहित र व्यवसायिक विकासका लागि सक्रिय रूपमा काम गर्ने बताइन्।

प्रकाशित मिति: २३ असार २०८३, मंगलबार

प्रतिक्रिया दिनुहोस्