राससको महाप्रबन्धकमा राई नियुक्त
काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)को महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन् ।
मन्त्रिपरिषद्को सोमबार साँझ बसेको बैठकले राईलाई राससको रिक्त महाप्रबन्धकमा नियुक्त गरेको हो ।
प्रेस चौतारी नेपालका केन्द्रीय सदस्यसमेत रहेका राई विगत दुई दशकदेखि पत्रकारिता क्षेत्रमा संलग्न छन् । उनीसँग विभिन्न पत्रपत्रिका, रेडियो र अनलाइनमा काम गरिसकेको अनुभव छ ।
पाँचथर फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा राई तत्कालीन भौतिक पूर्वाधार तथा यात्रायातामन्त्री वसन्तकुमार नेम्वाङको प्रेस संयोजक थिए ।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार










