घुससहित नापी कार्यालयका सहयोगी पक्राउ
काठमाडौं । नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार उनललाई रु १३ हजार रुपैयाँ घुससहित पक्राउ गरेको हो ।
चन्द्रागिरि नगरपालिका–१३ मा रहेको जग्गा हालसाविक गरी नयाँ पुर्जा बनाउने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा आयोगको केन्द्रीय कार्यालय टंगालबाट गएको टोली त्यहाँ पुगेको थियो ।
आयोगले नापी कार्यालय कलंकीका कार्यालय प्रमुखको मोबाइल डिभाइस दुई थान, सर्भेक्षकको मोबाइल एक थान र कार्यालय सहयोगी कुँवरको मोबाइल एक थान पनि बरामद गरेको छ ।
प्रकाशित मिति: २७ श्रावण २०८२, मंगलबार










