विहानै ११ वर्षीय बालकलाई भालु खोलाले बगायो



झापा । झापामा पौडी खेल्ने क्रममा भालु खोलाले बगाउँदा ११ वर्षीय बालकको मृत्यु भएको छ ।

आज बिहान सात बजेतिर स्थानीय भालु खोलामा पौडी खेल्ने क्रममा दमक नगरपालिका– १० बस्ने इन्द्र प्रसाइँका छोरा ११ वर्षीय धर्मेन्द्र प्रसाइँलाई खोलाले बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय झापाका अनुसार धर्मेन्द्र सोही ठाउँका कृष्ण प्रसाद ढकालका छोरा ११ वर्षीय भुपेन्द्र ढकालसँगै पौडी खेल्न स्थानीय भालु खोलामा गएका थिए ।

पौडी खेल्ने क्रममा धर्मेन्द्रलाई खोलाले झण्डै ६ सय मिटरसम्म बगाएको पाइएको प्रहरीले जनाएको छ ।

स्थानीयले बालकको उद्धार गरेर उपचारको लागि निम्स अस्पताल दमक पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन् ।

सँगै पौडी खेल्न गएका अर्का बालक भने सकुशल छन् । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्