आज मनसुन कमजोर, कहाँ कस्तो छ मौसम ?
काठमाडौं, साउन ३० । आज नेपालमा मनसुनी कमजार देखिएको छ । मनसुनको न्यून चापीय रेखा नेपालको तराई आसपास रहे पनि बिस्तारै दक्षिणतर्फ सर्ने देखिएको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुन केही कमजोर हुँदै जाने भए पनि हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव भने रहेको छ । जसको प्रभावले आज (शुक्रबार) बिहान सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ ।
सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका थोरै स्थानहरुमा तथा बाँकी तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेश लगायत देशको पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा र बाँकी पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार












