जम्मू–कश्मिरमा भीषण बाढीमा परी ४६ जनाको मृत्यु



काठमाडौं । भारतको जम्मू–कश्मिरको किस्तवाडमा भीषण वर्षापछि आएको बाढीमा परी ४६ जनाको मृत्यु भएको छ ।

किस्तवाडको दुर्गम गाउँ चसोतीमा बिहीबार हिउँसो आएको बाढीमा कम्तिमा ४६ जनाको मृत्यु भएको हो ।

भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेमा दुई जना केन्द्रीय औद्योगिक सुरक्षा बल (सिआइएसएफ)का जवानसमेत छन् ।

अकास्मात आएको बाढीले त्यहाँ रहेका घर, पसल, एक सुरक्षा चौकी र तीर्थयात्रीहरूका लागि बनाइएको ’लंगर’ (सामुदायिक भान्सा) बगाएको छ ।

चसोती हुँदै प्रसिद्ध धार्मिक तीर्थस्थल मचैल माता मन्दिर जाने धेरै तीर्थयात्रीहरू बाढीमा परेका छन् ।

बाढी पहिरोमा परेका १६७ जनाको उद्धार भएको छ । तीमध्ये ३८ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्