कैलालीमा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु



धनगढी । कैलालीको लम्कीचुहामा पानीको खाल्डोमा डुबेर बालिकाको मृत्यु भएको छ ।

लम्कीचुहा नगरपालिका–६ बाहुनपुर बस्ने झकंर चलाउनेकी अढाई वर्षीया छोरी पूर्णिमा चलाउनेको डुबेर मृत्यु भएको हो ।

पूर्णिमा बाटोमा खेलिरहेको अवस्थामा घरदेखि अन्दाजी १ दशमलव ५० मिटर टाढा रहेको पानीको खाल्डोमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्