बाजुरामा बाढीले दुई घर बगायो



काठमाडौं, साउन ३० । बाजुराको हिमाली गाउँपालिमा बाढीले दुई घर बगाएको छ ।

हिमाली गाउँपालिका वडा नम्बर १ मा बिच्छ्यामा गएराति आएको बाढीले स्थानीय सब्बली थापा र सन्चलाल थापा परिवारको दुई घर बगाएको हो ।

बाढीले झोलुङ्गे पुल र बिच्छ्या माविमा पनि क्षति पुगेको गाउँपालिका वडा नम्बर १ का वडा सचिव सन्जिव चौधरीले जानकारी दिए ।

बाढी आएपछि खोला किनारका बासिन्दा भागेर सुरक्षित स्थानमा सरेका थिए । बाढीले मानवीय क्षति भने भएको छैन ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्