प्रधानमन्त्री ओली आज जनकपुरधाम जाँदै



जनकपुधाम । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) जनकपुरधाम जाँदैछन् ।

मधेस प्रदेश प्रहरी कार्यालयको नवनिर्मित नयाँ प्रशासनिक भवन उद्घाटन गर्न प्रधानमन्त्री ओली आज जनकपुरधाम जान लागेका हुन् ।

प्रधानमन्त्री ओली आज बिहान साढे ११ बजे हेलिकप्टरमार्फत जनकपुरधाम पुग्ने कार्यतालिका छ । प्रहरीको नयाँ भवन उद्घाटनपछि उनी जनकपुरधाम र महोत्तरीमा सडक उद्घाटन गर्ने कार्यक्रममा सहभागी हुनेछन् ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ मा चार बिघा १९ कट्ठा क्षेत्रफलमा साढे २३ करोडभन्दा बढीको लागतमा नवनिर्मित बनेको प्रदेश प्रहरीको नयाँ प्रशासनिक भवन प्रदेश सरकारको सहयोगमा निर्माण भएको हो ।

प्रधानमन्त्रीको आगमनलाई मध्यनजर गर्दै जनकपुरमा सुरक्षा व्यवस्था कडा पारिएको छ । सुरक्षाका लागि व्यापक संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जनकपुर प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्