६२ वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ



रोल्पा, साउन ३० । ६२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

जिल्लाको थवाङ गाउँपालिका–२ दहवाङ बस्ने ५२ वर्षीय धुते रोकालाई प्रहरीले पक्राउ गरेको हो ।

रोकाले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय थवाङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्