विशाक्त मदिरा सेवनबाट ६ नेपालीको मृत्यु, ३५ जनाको उपचार हुँदै
एजेन्सी । कुवेतमा विशाक्त मदिरा सेवन गर्दा ६ जना नेपालीको मृत्यु भएको छ ।
त्यस्तै ३५ जना नेपालीको विभिन्न ६ वटा अस्पतालमा उपचार भइरहेको बताइएको छ।
गत शनिबारदेखि विशाक्त मदिरा सेवन गरी ६३ जना विदेशीको कुवेतको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । तीमध्ये १३ जनाको मृत्यु भएको छ जसमा ६ जना नेपाली रहेको कुवेतस्थित नेपाली दूतावासले जनाएको छ ।
कुवेतस्थित नेपाली दूतावासले कुवतेका परराष्ट्र र स्वास्थ्य मन्त्रालयलाई यसबारे जानकारी दिइसकेको छ ।
कुवेतमा मदिरा सेवन गर्न प्रतिवन्ध छ ।
प्रतिवन्ध भए पनि नेपालीसहित रोजगारीमा पुगेकाहरूले लुकिछिपी मदिरा सेवन गर्ने गरेको पाइन्छ।
प्रकाशित मिति: ३० श्रावण २०८२, शुक्रबार












