सुनसरी कारागारबाट फरार कैदी झापामा पक्राउ



काठमाडौँ, साउन ३१ । सुनसरी कारागारबाट फरार एक कैदीलाई प्रहरीले झापाबाट पक्राउ गरेको छ ।

प्रहरीले खोटाङको दिप्रुङचुचुम्मा गाउँपालिका–२ का २८ वर्षीय रूपक पौडेललाई बिर्तामोड नगरपालिका–१० विराट पोखरी नजिकबाट पक्राउ गरेको हो ।

जबर्जस्ती करणीका कसुरदार पौडेल २०८२ साउन २८ गते बिहान सुनसरी कारागारको पर्खाल नाघेर भागेका थिए ।

जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पौडेललाई आज बिहान करिब ६ बजे लुकिछिपी बसिरहेको अवस्थामा नियन्त्रणमा लिएको हो ।

जबर्जस्ती करणी मुद्दामा पौडेलविरुद्ध सुनसरी जिल्ला अदालतले १३ वर्ष कैद, ५ लाख रुपैयाँ जरिवाना र पीडितलाई ३० हजार रुपैयाँ क्षतिपूर्तिको फैसला गरेको छ ।

पक्राउ परेका पौडेललाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरी पठाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्