रवि लामिछानेलाई नक्खु कारागार सरुवा गरिँदै



काठमाडौं, साउन ३१ । सहकारी ठगी मुद्दामा हाल रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई कारागार सरुवा गर्ने निर्णय गरेको छ ।

कारागार सरुवाका लागि निवेदन दिएका सभापति लामिछानेलाई नक्खु कारागार ल्याउने निर्णय गरिएको हो ।

उक्त निर्णयको पत्र शुक्रबार रुपन्देही कारागारमा पठाइएको कारागार व्यवस्थापन विभागले जनाएको छ ।

प्रकाशित मिति: ३१ श्रावण २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्