नारायणगढ-मुग्लिन सडकखण्डमा सुक्खा पहिरो



काठमाडौँ, भदौ १ । नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेको छ ।

पहिरोले सवारी आवतजावत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । अहिले जेसिभी प्रयोग गरेर पहिरो पन्छाउने काम भइरहेको छ ।

सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्