दुई संसदीय समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । संघीय संसद् अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।
आज पूर्वाधार विकास समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेको हो ।
पूर्वाधार विकास समितिको बैठकमा वर्षाका कारण अन्तरदेशीय जोड्ने कोदारी राजमार्ग, रसुवागढीलगायत अन्य सडकको अवस्थाका सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
साथै चाडपर्वको पूर्वसन्ध्यामा सडक यातायात र सडक पूर्वाधारको अवस्थाका बारेमा बैठकमा छलफल हुनेछ ।
यस्तै विधायन व्यवस्थापन समितिको बैठकमा ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: १ भदौ २०८२, आइतबार












