ब्रिटिस काउन्सिलद्वारा सम्मान




काठमाडौँ १ भदौ । ब्रिटिस काउन्सिल नेपालद्धारा उत्कृष्ट आइइएलटीएस साझेदारलाई सम्मान र रोमाञ्चक नयाँ अभियान शुभारम्भ गरेको छ ।

युवा नेपाली विद्यार्थी र पेशागत व्यवसायिक व्यक्तिलाई अन्र्तराष्ट्रिय शिक्षा र करिअर निर्माणको अवसरहरुमा पहुँच दिलाउन सञ्चालित संस्थाको काम र गतिविधिलाई उत्सवको रुपमा मनाउन आयोजित कार्यक्रममा आइइएलटीएस सम्बन्धी थुप्रै साझेदार सहभागी थिए ।

कार्यक्रमको सफल आयोजनाले ब्रिटिस काउन्सिल र आइइएलटीएससम्बन्धी साझेदारबीचको बलियो सम्बन्धलाई प्रतिबिम्वित गरेको छ र विविध क्षेत्रबाट आएका नेपालीलाई अन्र्तराष्ट्रिय क्षमता र योग्यतासँग जोड्दै नेपालमा शैक्षिक अवसरहरु अभिवृद्धि गर्ने हाम्रो सामूहिक प्रतिवद्धतालाई अझ सबल बनाएको छ ।

कार्यक्रमका अवसरमा अप्रिल २०२४ देखि मार्च २०२५ सम्म आइइएलटीएसको जाँचमा असाधारण समर्पण र योगदान दिएका उत्कृष्ट साझेदारहरुलाई सम्मान गरिएको थियो ।

विभिन्न विधा (क्याटोगरी) मा गरी कूल २० वटा अवार्ड प्रदान गरिएको थियो । जसमध्ये उत्कृट कार्यसम्पादन गर्ने संस्था (प्लेटिनम पार्टनर) को रुपमा अर्बिट मेडिकल इन्ट्रान्स प्राइभेट लिमिटेड र उत्कृष्ट कार्यसम्पादन गर्ने संघको रुपमा इक्यानलाई सम्मान गरियो ।
ग्लोबल च्यानल पार्टनर अभियानको शुभारम्भ
ब्रिटिस काउन्सिल नेपालले आइइएलटीएसका व्यवसायिक साझेदारलाई सम्मान र पुरस्कृत गर्न ग्लोबल च्यानल पार्टनर अभियान शुभारम्भ गरेको छ । यस अभियानले आइइएलटीएसका लागि सबैभन्दा बढी संख्याका विद्यार्थी दर्ता गर्ने संस्थालाई मात्र नभई हरेक बर्ष क्रमशः उपलव्धि हासिल गर्दै जाने उत्कृष्ट संस्थाले समेत सम्मान र पुरस्कार जित्न सक्ने निष्पक्ष अवसर हरेकलाई प्रदान गर्ने लक्ष्य लिएको छ । यसको अर्थ भनेको ठूला र साना दुवै साझेदारले त्यसका लागि प्रतिस्पर्धा गर्न सक्नेछन् ।


उत्कृष्ट कार्यसम्पादन गर्ने साझेदारहरुलाई पूर्ण रुपमा आर्थिक सहायता प्रदान गरी संयुक्त अधिराज्यको लन्डनस्थित ब्रिटिस काउन्सिलको मुख्यालयमा आयोजित समापन समारोहमा सहभागी गराइनेछ र त्यसपछि संयुक्त अधिराज्यको शैक्षिक भ्रमणमा समेत संलग्न गरिनेछ ।

प्रकाशित मिति: १ भदौ २०८२, आइतबार

प्रतिक्रिया दिनुहोस्