जंगीअड्डा पुगेर प्रधानसेनापति भेटे भारतीय विदेशसचिव मिश्रीले



काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति र भारतीय विदेशसचिव विक्रम मिश्रीबिच भेटवार्ता भएको छ।
आज मिश्रीले जंगीअड्डा पुगेर प्रधानसेनापति अशोकराज सिग्देलसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुईपक्षीय पारस्परिक हितका बारेमा कुराकानी भएको जंगीअड्डा स्रोतले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आइतबार विदेशसचिव मिश्री काठमाडौं आएका थिए । उनले यसअघि प्रधानमन्त्री ओली, राष्ट्रपति रामचन्द्र पौडेल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरिसकेका छन् ।

दुई दिने भ्रमण सकेर आज दिउँसो स्वदेश फर्किने कार्यतालिका रहेको छ ।

प्रकाशित मिति: २ भदौ २०८२, सोमबार

प्रतिक्रिया दिनुहोस्