ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
मकवानपुर, भदौ ४ । काभ्रेको पाँचखालमा ट्रकले मोटरसाइकललाई ठक्कर हिँदा एक जनाको मृत्यु भएको छ ।
अरनिको राजमार्गअन्तर्गत काभ्रेको पाँचखाल नगरपालिका वडा नं. ६ केराघारीमा आज विहान ट्रकको ठक्करबाट मोटरसाइकल चालक काभ्रेको चौरीदेउराली गाउँपालिका ८ घर भएका अन्दाजी ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको हो ।
आज बिहान सिराहाबाट पाँचखाल जाँदै गरेको ना ७ ख ७२१४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा काठमाडौँबाट कोशीपारितर्फ जाँदै गरेको दा ९३ प ११७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते खरेललाई उपचारका लागि धुलिखेल अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ४ भदौ २०८२, बुधबार












