बालबालिका सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट स्वीकृत



काठमाडौं । प्रतिनिधिसभाबाट बालबालिका सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव’ सर्वसम्मतिले स्वीकृत भएको छ ।

महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर शाह सुडीले बालबालिका सम्बन्धी विधेयक, २०८२ प्रस्ताव पेस गरेका थिए ।

विधेयकमाथि छलफल पछि प्रतिनिधिसभाको आज बसेको बैठकमा सभामुख देवराज घिमिरेले ‘बालबालिका सम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ पेस गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको हो।

प्रस्ताव पारित भएसँगै संशोधन विधेयकमाथि संशोधन हाल्ने ७२ घण्टे समय सुरु भएको छ ।

प्रकाशित मिति: ४ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्