अछाममा खोलामा खसेर एक बालिकाको मृत्यु



धनगढी । अछामको मेल्लेखमा खोलामा चिप्लिएर एक बालिकाको मृत्यु भएको छ ।

हिजो (बुधबार) दिउँसो मेल्लेख गाउँपालिका ४ को सेलगाँउका खडक साउँदको ७ वर्षीय छोरी कृति साउँदको खोलामा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनीहरू साँफेबगर नगरपालिका १३ को मैडाली मामा घरबाट औषधि उपचार गर्न मामासँग बुढाबगरबाट उपचार गरी फर्किरहेकी थिइन् । सोही क्रममा ईगडी खोलाको साँघुरो बाटोबाट चिप्लिएर खोलामा खसेकी थिइन् ।

खोलामा बगेर बेपत्ता भएकी उनको शव करिब ३ किलोमिटर दक्षिणतर्फ फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ५ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्