साफ यू–१७ : नेपाली महिला टोली आज भुटानसँग भिडदै



काठमाडौं । साफ यू–१७ महिला च्याम्पियनसिपको जारी खेलमा नेपालले आज भुटानसँग प्रतिस्पर्धा गर्दैछ ।

यो खेल नेपाली समय अनुसार साँझ ५ः४५ बजेदेखि शुरु हुनेछ । यस अघि नेपालले खेलेको पहिलो खेलमा भारतसँग ७–० को हार बेहोरेको थियो भने भुटान बंगलादेशसँग ३–१ गोलले पराजित भएको थियो ।

आगामी अगस्त ३१ सम्म हुने साफ यू–१७ महिला च्याम्पियनसिपमा नेपालसहित भारत, बंगलादेश, भुटान गरी चार देशले भाग लिएका छन् ।

डबल राउण्ड–रोबिनका आधारमा हुने प्रतिस्पर्धामा प्रत्येक टोलीले दुई दुई खेल खेल्नेछन् भने शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ ।

नेपालले यस प्रतियोगितामा अब अर्को खेल अगस्त २४ मा बंगलादेशसँग, अगस्त २७ मा बंगलादेशसँग, अगस्त २९ मा भारतसँग र अगस्त ३१ मा भुटानसँग खेल्ने तालिका छ ।

प्रकाशित मिति: ६ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्