नवलपुरमा अटो दुर्घटनमा एकको मृत्यु, ११ भारतीय नागरिक घाइते
नवलपुर, १० भदौ । देवचुलीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ११ जना भारतीय नागरिक घाइते भएका छन् ।
देवचुली नगरपालिका ६ टोक्रेखोला पुल नजिकै कीर्तिपुरबाट दलदलेतर्फ आउँदै गरेको लु १ स ९०९४ नम्बरको पछाडि ढाला भएको सामान बोक्ने अटो दुर्घटना भएको नवलपुर प्रहरीले जनाएको छ ।
मृतक र घाइते सबै भारतीय नागरिक हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार दुर्घटनामा भारत मोतिहारीका ३५ वर्षीय रिजुवान खातुनको उपचारको क्रममा पुरानो मेडिकल कलेर भरतपुरमा मृत्यु भएको हो ।
घाइते सबैको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ । सबैजना भारतबाट नवलपुरको देवचुलीमा विवाहका लागि आएका हुन ।
प्रकाशित मिति: १० भदौ २०८२, मंगलबार












