राज्य व्यवस्था समिति सभापतिमा ईश्वरी न्यौपाने निर्विरोध
काठमाडौं १० भदौ । राज्य व्यवस्था तथा सशासन समितिको सभापतिमा कांग्रेसकी ईश्वरी न्यौपानेको एकल उम्मेदवारी परेको छ ।
सत्ता गठबन्धनको तर्फबाट न्यौपानेको एकल उम्मेदवारी परेपछि सभापतिमा निर्विरोध निर्वाचित भएकी हुन् ।
उनले कांग्रेस सांसद रामहरि खतिवडालाई प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठलाई समर्थक राखेर उम्मेदवार दर्ता गरेकी हुन् ।
पार्टीको निर्णय अनुसार संसदीय सुनुवाइ समितिको सभापतिबाट राजीनामा दिएर न्यौपानेले राज्य व्यवस्था समितिमा उम्मेदवारी दिएकी थिइन् ।
कांग्रेसको समानुपातिक सांसद रहेकी न्यौपानेलाई कांग्रेसले यसअघि सभामुखको उम्मेदवार पनि बनाएको थियो
प्रकाशित मिति: १० भदौ २०८२, मंगलबार












