महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान बढाइने



काठमाडौं ११ भदौ ।नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान गर्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले निर्णय गरेको छ ।

बलात्कार तथा यौन शोषण गरेको भन्दै प्रहरीमा जाहेरीपछि पक्राउ परेका महरलाई हाजिरी जमानीमा छोडेर अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिइएको जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख, सहन्यायाधिवक्ता रामहरी शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

उनलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन जिल्ला अदालत काठमाडौंले आज पक्राउ पुर्जी जारी गरेको थियो । त्यसै पक्राउ पुर्जीका आधारमा उनी पक्राउ परेका थिए ।

प्रकाशित मिति: ११ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्