कैलालीको खुटिया नदीमा डुबेर धनगढीका ४ किशोर बेपत्ता



धनगढी । कैलालीको गोदावरी नगरपालिका ९ शेहरी स्थित झोलुङ्गे पुल नजिक खुटिया खोलामा पौडी क्रममा चार जना किशोर बेपत्ता भएका छन् ।

कैलाली प्रहरीका अनुसार नदीमा नुहाउन गएका ७ जना मध्ये ४ जना बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा १७ वर्षीय सक्षम जोशी, १५ वर्षीय जेब भण्डारी, १७ वर्षीय जाबेज भण्डारी र १५ वर्षीय प्रतीक चौधरी रहेको इलाका प्रहरी कार्यालय मालाखेतीका डीएसपी रण बहादुर चन्दले जानकारी दिए ।

उनीहरु सबै धनगढीका रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १२ भदौ २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्