खोलाले बगाएर एक बालिकाको मृत्यु
काभ्रेपलाञ्चोक, भदौ १३ । पनौती नगरपालिका–१ स्थित देबार खोलाले बगाएर एक बालिकाको मृत्यु भएको छ ।
इलाका कार्यालय प्रमुख इन्चार्ज प्रहरी नायब उपरीक्षक रामेश्वर त्वाँतीका अनुसार खोलाले बगाएको करिब ११ वर्षीया बालिकाको शव बिहीबार साँझ ५ः०० बजे भेटिएको हो । बालिकाको पहिचान खुलेको छैन ।
मृतक बालिकाको शव परीक्षणका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ ।
प्रकाशित मिति: १३ भदौ २०८२, शुक्रबार












