धनगढीको सिपी अस्पतालमा एनआईसी एशिया बैंकका ग्राहकलाई २० प्रतिशतसम्म छुट



काठमाडौँ । एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचार सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा सिपी हस्पिटल प्रा.लि. र बैंकबीच सम्झौता सम्पन्न भएको छ ।

यस समझदारीसँगै यस बैंकका ग्राहक महानुभावहरुले धनगढी, कैलालीमा रहेको सिपी हस्पिटलमा आफ्नो स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा अस्पतालले उपलब्ध गराएको विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नुछन् ।

यस सुविधाको उपभोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ ।

उक्त हस्पिटलसँगको यस सहकार्यले उक्त क्षेत्रमा यस बैंकका ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा विशेष सहयोग हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकको विश्वास छ ।

प्रकाशित मिति: १३ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्