चितवनमा कार दुर्घटना हुँदा डा. भट्टको मृत्यु



काठमाडौँ, भदौ १४ । चितवनमा गएराति कार दुर्घटनामा हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको भरतपुर महानगरपालिका–१०, विशालचोकमा बा१५च ४६९३ नम्बरको कार अनियन्त्रित भई हुँदा भरतपुर–२, आँपटारी निवासी डा. विप्लव भट्टको मृत्यु भएको हो ।

दुर्घटनालगत्तै गम्भीर घाइते भएका डा. भट्टलाई तत्काल उपचारका लागि पुरानो मेडिकल कलेज पु¥याइएपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार तीव्र गतिका कारण कार अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुमान छ । यस दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: १४ भदौ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्