सिटी एक्सप्रेसको दशैंतिहार उपहार योजना : विजेतालाई हरेक हप्ता १ लाख
काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले यस वर्षको दशैंं, तिहार र छठ लक्षित गर्दै उपहार योजना सार्वजनिक गरेको छ ।
सिटी एक्सप्रेसले आफ्ना ग्राहकसँग पर्वको खुसी साट्न लगातार ९ हप्तासम्म चल्ने गरी ‘यो दशैंतिहारमा सिटी एक्सप्रेसको साथ, हरेक हप्ता १ लाख’ उपहार योजना घोषणा गरेको हो ।
सिटी एक्सप्रेसको यो उपहार योजना अन्तर्गत लक्की ड्रमार्फत हरेक हप्ता १ जनाले १ लाख र हरेक दिन सबैले सिटी पेबाट क्यासब्याक पाउने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार यो अफर १६ भदौदेखि १५ कात्तिकसम्म लागु हुनेछ । यो अवधिभरि सिटी एक्सप्रेस मार्फत विदेशबाट पैसा पठाउने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुन सक्नेछन् । यस उपहारको विजेता छनोट गर्दा विद्युतीय प्रणालीद्वारा गरिने छ ।
उपहार घोषणा कार्यक्रममा हास्य कलाकार तथा सिटी एक्सप्रेसका ब्रान्ड एम्बासडर जितु नेपाललगायतको उपस्थिति थियो ।
प्रकाशित मिति: १७ भदौ २०८२, मंगलबार
















