शी लिड्स आइकन “दोस्रो संस्करण” पुसमा




काठमाडौँ १७ भदौ । शी लिड्स आइकनको दोस्रो संस्करण आगामी पुस १८ गतेदेखि २२ गतेसम्म काठमाडौंमा हुने भएको छ।

राजनीतिमा महिला, महिला स्वास्थ्य, उद्यमशिलता र किशोरी सशक्तीकरणका क्षेत्रमा ४ वर्षदेखि कार्यक्रम तथा वकालत गर्दै आएको कल्प इम्पावर वेमेन नेपालले तीन दिने महिला उत्सव आयोजना गर्न लागको हो ।

स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधिहरु (प्रमुख÷उपप्रमुख) सुकर्मलाई संचार गर्ने हेतुले आयोजना गरिएको कार्यक्रम हो।२०८१ साल पौष १९ गते काठमाडौँमा शी लिड आईकन पहिलो संस्करण सम्माननीय प्रधानमन्त्रीको उपस्थितिमा सम्पन्न भएको थियो ।

दोस्रो संस्करणमा १३१ वटा आवेदन प्राप्त भएकोमा प्रकिया पूरा भएका १११ आवेदन रहेका छन् ।

प्रकाशित मिति: १७ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्