एनआईसी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा छुट




काठमाडौँ १८ भदौ । एन आई सी एशिया बैंकका ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता भएको छ ।
यस समझदारीसँगै यस बैंकका ग्राहकहरुले नगरकोटमा रहेको माउन्टेन भिस्टा रिट्रिटमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ ।
यस बैंकका ग्राहकहरुले उक्त होटलमा कुनै पनि सेवा लिँदा उक्त छुट प्राप्त गर्न सक्नु हुनेछ ।
यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नु पर्नेछ ।
उक्त होटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई छुट उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्धन गरी नगद रहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति: १८ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्