एनपीएल दोस्रो सिजन : ट्रफी टुर आजदेखि, सुदूरपश्चिम पुगेर टुंगिने
काठमाडौँ, भदौ २१ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणको ट्रफी टुर आज (शनिबार) सुरु हुँदैछ ।
शुक्रबार सार्वजनिक गरिएको ट्रफी आजदेखि विराटनगर टुरमा लगिएको हो । विराटनगरबाट सुरु हुने ट्रफी टुर सुदूरपश्चिममा पुगेर टुंगिनेछ ।
ट्रफी विराटनगर, जनकपुर, चितवन, काठमाडौँ, पोखरा, लुम्बिनी, कर्णाली हुँदै सुदूरपश्चिममा पु¥याइन लागिएको हो ।
दोस्रो संस्करणको एनपीएल आगामी पुस १ देखि २७ गतेसम्म काठमाडौँमा हुँदैछ ।
प्रकाशित मिति: २१ भदौ २०८२, शनिबार
















