नेपाल र बंगलादेश आज पहिलो मैत्रीपूर्ण खेल खेल्दै
काठमाडौं । नेपाल र बंगलादेशबीच आज काठमाडौंस्थित दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण फुटबल खेल हुँदैछ ।
फिफा विन्डोअन्तर्गत हुने खेल आज साँझ ५ः३० बजेदेखि सुरु हुनेछ । दुई मैत्रीपूर्ण खेल दुवै टोलीको एएफसी एसियन कप छनोटको तयारीका लागि महत्वपूर्ण मानिएको छ ।
नेपालको सिनियर टोलीले करिब २ वर्षपछि घरेलु मैदानमा खेल खेल्न लागेको हो । कप्तान किरण चेम्जोङले घरेलु मैदानमा लामो समयपछि खेल्न उत्साहित रहेको र खेल पनि रोचक हुने अपेक्षा गरेको बताए ।
त्यस्तै बंगलादेशका कप्तान जमाल भुयाले पनि यो मैत्रीपूर्ण फुटबल खेलले एसियन कप छनोटको लागि राम्रो तयारी हुने बताए । दोस्रो मैत्रीपूर्ण खेल मंगलबार हुनेछ ।
प्रकाशित मिति: २१ भदौ २०८२, शनिबार
















