नेपाल र बंगलादेशबीचको खेल गोलरहित
काठमाडौँ । नेपाल र बंगलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा टुंगिएको छ ।
शनिबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा दुवै टोलीले खेलको बराबरीमा टुंगिएको हो ।
खेल अवधिभर दुवै टोलीले गोल गर्न सकेनन् । दुबै टोलीलाई गोल गर्ने केही अवसर प्राप्त गरे सफल हुन सकेनन् ।
अब नेपाल र बंगलादेशबीचको दोस्रो मैत्रीपूर्ण खेल यही भदौ २४ गते हुनेछ । उक्त खेलमा पनि गोलरहित अवस्था आए पेनाल्टी सुटआउटबाट नतिजा निकालिने अखिल नेपाल फुटबल संघले जनाएको छ ।
प्रकाशित मिति: २२ भदौ २०८२, आइतबार
















