त्रिभुवन विमानस्थल बन्द गर्ने तयारी



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द गर्ने तयारी गरिएको छ ।

गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेकोले विमानस्थल बन्द गर्न लागिएको हो ।

अहिले आकासमा रहेका जहाजलाई अवतरण गर्न दिने र थप उडानहरू नहुने गरी विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका एक अधिकारीले जानकारी दिए ।

अब मुख्य गेट नै बन्दै गरेर विमानस्थलमा अन्य गतिविधि रोक्ने तयारी गरिएको बताइएको छ । प्रहरीले सोमबार गोली चलाउँदा १७ जनाको मृत्यु भएको थियो ।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्