मन्त्री र प्रदेश प्रमुखहरूलाई सेनाले सुरक्षित स्थानमा राख्यो



काठमाडौँ । देशभरि फैलिएको आक्रोशपूर्ण प्रदर्शनबीच नेपाली सेनाले मन्त्री र प्रदेश प्रमुखहरूलाई सुरक्षित स्थानमा राखेको जनाएको छ ।

मंगलबार बिहानदेखि उग्र बनेका प्रदर्शनकारीहरूले विभिन्न नेताहरूका निवासमा आगजनी र तोडफोड गरेपछि उच्च सुरक्षा सतर्कता अपनाइएको हो।

संवेदनशील परिस्थिति उत्पन्न भएपछि मन्त्रीहरूलाई हेलिकप्टरमार्फत विभिन्न सुरक्षित क्षेत्रमा सारिएको बताइएको छ ।

उनीहरूलाई सेनाको सुरक्षा घेराभित्र विभिन्न स्थानबाट ओसारिएको थियो । केही शीर्ष नेताहरूलाई समेत सेनाले विशेष सुरक्षा व्यवस्थासहित सुरक्षित स्थानमा राखेको छ।

प्रकाशित मिति: २४ भदौ २०८२, मंगलबार

प्रतिक्रिया दिनुहोस्