जेन जीका प्रतिनिधि र सेनाबीच वार्ताको प्रयास



काठमाडौं । जेन जी आन्दोलनका प्रतिनिधि र नेपाली सेनाबीच वार्ताको प्रयास गरिएको छ ।

नेपाली सेनाले वार्ताका लागि पहल लिएपछि आज नेपाली सेनाले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा जेन जीका प्रतिनिधिसँग वार्ताको तयारी गरेको हो ।

नेपाली सेनाले जेनजी पुस्तालाई संवादका लागि आव्हान गरिसकेको छ । साथै, देशवासीका नाममा सम्बोधन गर्दै नेपाली सेनाका प्रधानसेनापति अशोक राज सिग्देलले जेन जी आन्दोलनकारीलाई संयमित हुन संवादमा आउन आग्रह गरेका थिए । त्यसअघि नै राष्ट्रपति रामचन्द्र पौडेलले पनि जेन जी आन्दोलनकारीलाई संवादमा आउन आग्रह गरेका थिए ।

प्रकाशित मिति: २५ भदौ २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्