शान्ति सुरक्षा कायम गर्न सेना परिचालन, अवस्था सामान्य बन्दै
काठमाडौं । जेनजी आन्दोलनका क्रममा सरकारी सम्पतीमा आगजनी र तोडफोडसँगै उत्पन्न परिस्थितिलाई नियन्त्रणमा लिन सेना परिचालन भएको छ ।
देशमा शान्ति सुरक्षा कायम गर्न देशभर नेपाली सेना परिचालन भएको हो । राति १० बजेदेखि देशभर सेनाको नेतृत्वमा सुरक्षाकर्मी परिचालन भएको छ ।
सेना परिचालन भएसँगै आगजनी, तोडफोड र लुटपाटका घटना रोकिएको छ । काठमाण्डौ उपत्यकासहित देशभरको अवस्था सामान्य बन्दै गएको नेपाली सेनाले जनाएको छ ।
सेनाले अराजक गतिबिधि नगर्न र गरेमा कारबाही हुने चेतावनी पनि दिएको छ । आफ्नो वरपर आपराधिक तथा अराजक गतिविधि भएमा खबर गर्न पनि सेनाले आग्रह गरेको छ ।
यस्तै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै विज्ञप्ति निकालेर अप्रत्याशित र दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै शान्ति पुनस्र्थापनाका लागि सबैलाई सहयोग गर्न आग्रह पनि गरेका छन् ।
प्रकाशित मिति: २५ भदौ २०८२, बुधबार












