नदीमा नुहाउने क्रममा बगेर एक किशोर बेपत्ता



रौतहट, भदौ २७ । रौतहटस्थित लाल बकैया नदीमा पौडी खेल्ने क्रममा एक किशोर बेपत्ता भएका छन् ।

जिल्लाको ईशनाथ नगरपालिका वडा नम्बर १ स्थित लाल बकैया नदीमा नुहाउने क्रममा अचानक आएको बाढीको भेलले बगाएर स्थानीय १५ वर्षीय बिगन साह बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रहरीका अनुसार नदीमा नुहाउनका लागि हामफालेका पाँच जनामध्ये एक जना बेपत्ता भएका हुन् । किशोरको स्थानीय र प्रहरीको सहयोगमा खोजी कार्य भइरहेको अहिलेसम्म भेटाउन नसकेको डिएसपी कार्कीले बताए ।

प्रकाशित मिति: २७ भदौ २०८२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्