जेनजीको आन्दोलनमा क्रिकेट खेलाडीले पनि गुमाए ज्यान



काठमाडौं । यही भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा एक जना क्रिकेट खेलाडीको पनि ज्यान गएको छ ।

आन्दोलनका क्रममा प्रहरीको गोली लागेर बाँकेका क्रिकेटर सुलभ राज श्रेष्ठको निधन भएको नेपाल क्रिकेट संघ (क्यान) ले पुष्टि गरेको हो ।

उनको असामयिक निधनले सम्पूर्ण नेपाली क्रिकेट परिवार स्तब्ध बनेको क्यानले जनाएको छ । क्यानले उनको सम्झनामा वक्तव्य जारी गरेर श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ ।

प्रकाशित मिति: २८ भदौ २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्