हुम्लाको सर्केगाडमा नेपाल टेलिकमको फोरजी सेवा
काठमाडौँ ३० भदौ । नेपाल टेलिकमले हुम्ला सर्केगाड गाउँपालिका १ मा फोरी सेवा सञ्चालनमा ल्याएको छ ।
फोरजी सेवा सञ्चालनमा आए पश्चात् सर्केगाड गाउँपालिका वडा नं. १, २, ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू जीलागाउँ, माझगाउँ, घितागाउँ, नाउलि, लुम अन्तर्गत पर्ने भूभागहरूमा सेवाग्राहीहरू लाभान्वित भएका छन्।
हुम्ला जिल्लाकै चंखेली गाउँपालिका६ मा पनि नेपाल टेलिकमले यही भाद्र २७ गते बाट टुजी र फोरजी सेवा सञ्चालनमा ल्याएको छ ।
सेवा सञ्चालनमा आए पश्चात् चंखेली गाउँपालिका वडा नं। ४, ५ र ६ अन्तर्गत पर्ने क्षेत्रहरू बरैहीगाउँ, सरु गाउँपालिका, देउली, निमिगाउँ र चंखेली गाउँपालिका अन्तर्गतका भूभागहरूमा सेवाग्राहीहरूले लाभान्वित भएका छन् ।
प्रकाशित मिति: ३० भदौ २०८२, सोमबार












