जेन–जी आन्दोलनका सहिदको सम्झनामा दीप प्रज्ज्वलन



काठमाडौँ, १ असोज जेनजी पुस्ताबाट भएको प्रदर्शनको क्रममा ज्यान गुमाउनेहरुको सम्मानमा बुधबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा दीप प्रज्ज्वलन गरिएको छ । 

 काठमाडौंको सहिदगेटमा दीप प्रज्ज्वलन भएको छ । समाजका विविध क्षेत्रमा संलग्न व्यक्तिहरुको उपस्थितिमा सहिदगेटमा दीप प्रज्ज्वलन गरिएको सामाजिक अभियन्ता धनेज थापाले बताउनुभयो । उहाँका अनुसार दीप प्रज्ज्वलनमा स्वतस्फूर्त रुपमा सर्वसाधारणको समेत उपस्थिति थियो । 

मृतकको सम्मान स्वरुप बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा सार्वजनिक बिदा पनि दिएको थियो । 

साथै, राष्ट्रिय झण्डा पनि आधा झुकाइएको छ । भ्रष्टाचार नियन्त्रण, सुशासन तथा पारदर्शिताको माग गर्दै जेनजी पुस्ताले भदौ २३ र २४ गते राजधानीमा प्रदर्शन गरेका थिए । 

प्रकाशित मिति: १ आश्विन २०८२, बुधबार

प्रतिक्रिया दिनुहोस्