वेस्ट इन्डिजद्वारा नेपालविरुद्धको सिरिज खेल्न टिम घोषणा



काठमाडौं । क्रिकेट वेस्ट इन्डिजले संयुक्त अरब इमिरेट्स (यूएई)मा हुन लागेको नेपालविरुद्धको टी२० क्रिकेटका लागि १५ सदस्यीय टोलीको घोषणा गरेको छ ।

आईसीसी टी२० विश्वकपको तयारीको रुपमा लिइएको यो सिरिजका लागि टिममा उदीयमान र भेट्रान खेलाडीहरूलाई समावेश गरिएको छ ।

सिरिज अन्तर्गत पहिलो टी२०आई सेप्टेम्बर २७, दोस्रो सेप्टेम्बर २९ र तेस्रो खेल सेप्टेम्बर ३० मा हुनेछ ।

अकिल होसिनको कप्तानीको टिममा छ जना सम्भावित डेब्यु खेलाडीहरू समावेश छन् । जसमा :
अकिल होसिन (कप्तान)
फाबियन एलन
ज्वेल एन्ड्र्यू
अकीम अगुस्ते
नभिन बिडाइसे
जेदियाह ब्लेड्स
केसी कार्टी
करिमा गोर
जेसन होल्डर
अमिर जङ्गु
काइल मायर्स
ओबेड म्याककॉय
जिशान मोटारा
रेमन सिमन्ड्स
शमार स्प्रिङ्गर

प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार

प्रतिक्रिया दिनुहोस्