बनस्थलीमा बसको ठक्करबाट एक बृद्धको मृत्यु
काठमाडौं, असोज २ । काठमाडौंको बनस्थलीमा बसको ठक्करबाट एक जना बृद्धको मृत्यु भएको छ ।
बसको ठक्करबाट संखुवासभा घर भइ बनस्थली बस्ने ६८ वर्षीय जसबहादुर मगर रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बिहीबार बिहान साढे ५ बजे महानगर यातायातको बा.प्र. ०१–००६ ख ७५४३ नम्बरको बसले मूल सडकमा उनलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: २ आश्विन २०८२, बिहिबार












