भीमफेदी कारागारबाट भागेका ५७ कैदीबन्दी फर्किँदै



हेटौंडा, असोज ४ । जेनजी आन्दोलनको क्रममा मकवानपुरको भीमफेदी कारागारबाट भागेका ५७ जना कैदीबन्दी आफैं फर्किएका छन् ।

गत भदौ गते २४ गते कारागारको ‘क’ र ‘ख’ गरी दुई वटै ब्लकमा राखिएकामध्ये ४४० जना कैदीबन्दी पर्खाल भत्काएर भागेका थिए । जसमा ५७ जना कैदीबन्दी आफैं सम्पर्कमा आएको कारागार प्रमुख सुवास पौडेलले जानकारी दिए ।

उनका अनुसार हालसम्म कारागारका १८६ जना कैदीबन्दी कारागारको नियन्त्रणमा आइसकेका छन् । भागेकामध्ये २५४ जना कैदीबन्दीको अझै अत्तोपत्तो छैन ।

अन्य कारागारबाट भागेका ६१ जना कैदीबन्दीलाई पनि भीमफेदी कारागारमा ल्याइएको छ । काठमाडौंका कारागारबाट भागेका कैदीबन्दी मकवानपुरबाट पक्राउ गरेका छन् । कुल १ हजार ६६ जना कैदीबन्दी राखिएको कारागारमा हाल ८६१ जना मात्रै रहेका छन् ।

प्रकाशित मिति: ४ आश्विन २०८२, शनिबार

प्रतिक्रिया दिनुहोस्